Logo

क्याट्रिना कैफले ‘मेरी क्रिसमस’को लागि अझै कुर्नु पर्ने, ‘गणतन्त्र दिवस’ पछि मात्र फिल्मको फ्लोरमा जाने



एजेन्सी, २ पुस । क्याट्रिना कैफको व्यक्तिगत लाइफ यतिबेला खुशीको रंगमा रंगिएको छ । तर, व्यावसायिक रूपमा भने उनले आफ्नो फिल्मको सुटिङका लागि निरन्तर कुर्नुपरेको छ । शनिबारदेखि उनी सलमान खानसँग दिल्लीमा ‘टाइगर ३’ को अर्को छायांकन सुरु गर्दैछिन् । तर दिल्लीमा कोविडका कारण निर्माताले सुटिङ स्थगित गरिसकेका छन् ।

श्रीराम राघवनसँग कट्रिनाको ‘मेरी क्रिसमस’ गत महिना क्रिसमसको अवसरमा घोषणा गरिएको थियो । यसको सुटिङ पनि क्रिसमसको दिनबाट मुम्बईमा सुरु हुने भनिएको थियो, तर त्यो पनि लगातार स्थगित हुँदै गइरहेको छ । निर्माण पक्षले जनवरी ७ बाट फिल्म बनाउने योजना बनाएपनि अहिलेसम्म हुन सकेको छैन ।

‘मेरी क्रिसमस’का निर्माताहरू कोविडका कारण कुनै जोखिम लिन चाहँदैनन् । कट्रिना कैफका नजिककाहरूले फिल्मका निर्देशक श्रीराम राघवन र डीओपी सीके मुरलीधरन दुवै ५५ वर्षभन्दा माथि रहेको बताएका छन् । यस्तो अवस्थामा निर्माता फिल्मको छायांकनमा हतार गर्न चाहँदैनन् । फिल्मलाई फेब्रअरीदेखि नै फ्लोरमा लैजाने हो कि होइन, अब गणतन्त्र दिवसपछि कोभिड केसको संख्या हेरेर निर्णय गरिएको हो । राघवन र मुरलीधरन एफटीआईआईका ब्याचमेट हुन्, उनीहरूले मिलेर तीन फिल्म ‘एक हसिना थी’, ’जनी गद्दादार’ र ’एजेन्ट विनोद’ गरेका छन्।

त्यसैले दुई फिल्मको सुटिङ स्थगित भएका कारण कट्रिना अहिले पति विक्की कौशलसँग एमपीमा छिन् । उनीहरुले विवाहपछि पहिलो लोहरी सँगै मनाएका छन् । विक्की वास्तवमा त्यहाँ सारा अली खानसँग म्याडक प्रोडक्सनको फिल्मको सुटिङ गरिरहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्