Logo

च्यासल र पुलिसबीचको खेल स्थगित



काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल स्थगित भएको छ ।

च्यासलका खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि नवौं चरणको खेल अन्तरगत आज हुने भनिएको दोस्रो खेल स्थगित गरिएको हो ।

च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको एन्फाले जनाएको छ ।

स्थगित खेलको मिति पछि तय गरिने एन्फाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्