Logo

भादगाउँबाट ९ जुवाडे पक्राउ



तनहुँ, २ पुस । तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । व्यास नगरपालिका–१ भादगाउँ बस्ने पदम आलेको घरमा तास खेलिरहेको अवस्थामा भानु नगरपालिका–७ बस्ने ४० वर्षीय बुद्धि बहादुर थापा लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ५ सय १५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्