Logo

मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति



बैतडी, २ माघ: तल्लो स्वराडको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ । गृह मन्त्रालय स्तरीय निर्णय अनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो ।

तस्वदेही इलाका प्रहरी कार्यालयको नेतृत्व अबदेखि प्रहरी निरीक्षकले गर्ने छन् । दुई वर्षदेखि उक्त इप्रकालाई ‘क’ श्रेणीको बनाउन पहल गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए । उनले भने, “नगरपालिकाले २०७६ पुसमा निर्णय गरेर गृहमन्त्रालयमा पत्र पठाएको होे ।”

मेलौली इलाका प्रहरी कार्यालयअन्तर्गत पञ्चेश्वर, शिवनाथ र मेलौली नगरपालिका पर्छ । तल्लो स्वराडको जनसङ्ख्या ७० हजारभन्दा बढी छ । विसं २०१६ मा स्थापना गरिएको उक्त इप्रका ६२ वर्षपछि गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । स्तरोन्नतिपछि तल्लोस्वराडका मेलौली, शिवनाथ र पञ्चेश्वरको सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुने विश्वास गरिएको छ । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्