Logo

ब्रिगेडमाथि मछिन्द्रको फराकिलो जित



काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले फराकिलो जित निकालेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र क्लबले ४–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा मछिन्द्रको जितमा बिमल घर्ति मगरले दुई गोल गरे ।

खेलको ५५औं मिनेटमा बिमलले हेडर मार्फत गोल गर्दै टोललाई एक गोलको अग्रता दिलाएका थिए ।

यस्तै, ६१औं मिनेटमा व्यक्तिगत गोल गर्दै बिमलले मछिन्द्रको अग्रता दोब्बर बनाए ।

खेलको ८३औं मिनेटमा बिमलको पासमा रेजिन सुब्बाले गोल गरे ।

साथै, खेलको इन्जुरी समयमा अभिष्यक रिजालले गोल गर्दै मछिन्द्रलाई ४–० को जित दिलाए ।

यस जितसँगै मछिन्द्र दोस्रो स्थानमा रहेको मनाङ भन्दा ४ अंकले अघि रहँदै शीर्ष स्थानमा यथावत रहेको छ ।

ब्रीगेड ६ अंकका साथ १२औं स्थानमा यथावत रहेको छ । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्