Logo

कर्मचारी संक्रमित भएपछि विराटनगरको मालपोत कार्यालय बन्द



विराटनगर, २ माघ । विराटनगरको मालपोत कार्यालय अनिश्चितकालको लागि बन्द भएको छ । कार्यालयका ६ जना कर्मचारी संक्रमित भएपछि विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालय आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको जानकारी दिँदै कार्यालयले एक सुचना जारी गरेको छ ।

सुचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयको आन्तरिक कामकाज बाहेक सेवाग्राहीलाई सेवा प्रदान गर्न कार्यालय असमर्थ रहेको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot