Logo

कोरोनाको कारण सिनेमा हल र फिटनेश सेन्टर बन्द गर्ने सरकारको निर्णय



काठमाडौं, २ माघ । कोभिड–१९ को संक्रमण दिनानुदिन बढेपछि सरकारले यही माघ १५ गतेसम्म सिनेमा हल र फिटनेश सेन्टर बन्द गर्ने निर्णय गरेको छ ।

गत (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री कार्कीले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सुनाए । file photo



प्रतिक्रिया दिनुहोस्