Logo

प्रधानमन्त्री कपमा गण्डकीमाथि लुम्बिनीको जित



काठमाडौं, २ माघ । प्रधानमन्त्री कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको हो ।

आइतबारको खेलमा गण्डकीले दिएको १ सय ५ रनको लक्ष्य लुम्बिनीले १३ दशमलब १ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

लुम्बिनीको जितमा देव खनालले ५३ रनको अर्धशतकिय इनिङ्स खेलेका थिए ।

यस्तै, सुशान्त थापाले २६ रनको जोडे ।

गण्डकीका लागि सुवास भण्डारीले सर्वाधिक ३ विकेट लिए भने विशाल पौडेल र अशोक श्रेष्ठले समान एक–एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १९.१ ओभरमा अलआउट हुदै १ सय ४ रन जोड्यो ।

गण्डकीका लागि अनिल गुरुङले सर्वाधिक ५० रनको योगदान गरे ।

लुम्बिनीका लागि अनिल खरेल सर्वाधिक ४ विकेट लिए भने दिपेन्द्र रावत र कृष्ण कार्कीले समान दुई–दुई विकेट लिए ।

लुम्बिनी र गण्डकी प्रतियोगिताबाट यसअघी नै बाहिरी सकेका छन् ।



प्रतिक्रिया दिनुहोस्