Logo

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न अंग हुन भन्ने तथ्यमा सरकार दृढ र स्पष्ट छ : प्रवक्ता कार्की



काठमाडौं, २ माघ । सरकारले भारतसँगको सीमा विवादबारे आफ्नो धारणा राखेको छ । आज (आइतबार) गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले “महाकाली नदिका पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न अंग हुन भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ” भन्ने उल्लेख गरेका छन् ।

उनले अघि भने-“नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनैपनि किसिमको एकपक्षीय (युनिल्याटरल) सडक निर्माण, विस्तार रोक्न आग्रह गर्दै आएको छ । नेपाल र भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशको सिमा समस्याको समाधान ऐतिहाँसिक सन्धी, सम्झौता, तथ्य र नक्शा र प्रमाणको आधारमा कुटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको छ ।” file photo



प्रतिक्रिया दिनुहोस्