Logo

रेल्वेमा कर्मचारी भर्नाविरुद्व आन्दोलन गर्न कर्मचारीलाई मन्त्रीकै आग्रह



काठमाडौँ, २ माघ: प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाल रेल्वे कम्पनीले गरेको कर्मचारी भर्नाको विरोध गर्दै आन्दोलन गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।आज (आइतबार) पत्रकारहरुसँग कुरा गर्दै मन्त्री यादव लोक सेवा आयोगको परीक्षामार्फत कर्मचारी भर्ना गर्न बाध्य पार्नका लागि आन्दोलन गर्न कर्मचारीलाई आग्रह गरेका हुन् ।

लोकसेवा आयोगले परीक्षा लिएर मात्र कर्मचारी भर्ना गर्नुपर्नेमा जथाभावी भर्ना गरिएको भन्दै मन्त्री यादवले विरोध गरेका हुन् । संघीय सरकारले नेकपा (एकीकृत समाजवादी) सम्वद्ध निरन्जन झालाई रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरेको छ । झा नेतृत्वको रेल्वे कम्पनीले हालै मात्र ६० जना कर्मचारी नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्