Logo

प्रेम आलेले नारायणहिटीको बंकरभित्र के के देखे (फोटोफिचर)



काठमाडौं, २ माघ । मन्त्री प्रेम आले आज दिनभर सक्रिय रहे । उनले बतास समूहले लिजमा लिएर चलाएको पशुपति धर्मशाला र नारायणहिटी दरबारभित्रको क्षेत्र अवलोकन गरे ।

नारायणहिटीमा अवलोकनका क्रममा आले बंकरभित्र पनि अवलोकन गर्न पुगे । उनले त्यहाँ मदिरा राख्ने स्थल बनाउन लागेको भन्दै बतास समूहले दुष्प्रयास गरेको अभिव्यक्ति दिए ।

आक्रोशित मुद्रामा आलेले पुरातात्विक महत्वको सुन्दर क्षेत्रमाथिको दोहन सह्य नहुने बताए । उनले जतिसक्दो छिटो संरचना भत्काउन भनिएको बताए ।

तस्बिरहरु: मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्