Logo

नारायणहिटीमा डान्स बार देखि लुगा फेर्ने ठाउँसम्मको कुरा (भिडियो/फोटोसहित)



काठमाडौं, २ माघ । नारायणहिटी दरबार संग्राहालयभित्र मन्त्री प्रेमबहादुर आले पसे । उनीसँगै सुरक्षाकर्मी र सहयोगी पनि थिए । आले पसेपछि संग्राहालयका उच्च कर्मचारी पनि देखिए । उपसचिव अमृत महर्जनले अवलोकन गर्न पुगेका मन्त्री आलेलाई देखाउन थाले ।

महर्जन इमान्दार कर्मचारीका रुपमा चिनिन्छन् । काठमाडौंका रैथाने उनको स्वभाव सरल भएकैले मालदार ठाउँमा सरुवा भएर जान पाउँदैनन् । उनी यसअघि नेपाल ट्रस्टमा थिए । नेपाल ट्रस्ट पनि आकर्षण रहेको कार्यालय होइन । पछिल्लो समय नारायणहिटी संग्राहालयमा पुगेका छन् ।

मन्त्री आलेले भने महर्जनलाई आइतबार निकै तनावमा पारे । उनले धेरै विषय सोधेर हैरान पारे । महर्जनले भने हाँसी हाँसी जवाफ दिए । दुईबीचको संवाद यस्तो थियोः

मन्त्री आलेः स्टेज कता हो ?
उपसचिव महर्जनः हजूर ।
मन्त्री आलेः यो स्टेज हो ?
महर्जनः यहाँ हुनुपर्छ ।
आलेः डान्स गर्ने स्टेज जस्तो छ ? यो लुगा फेर्ने ठाउँ ।
महर्जनः ठ्याक्कै छै थाहा छैन । मञ्च चाहिं बनायो हजूर । के को लागि प्रयोग गर्छ भन्ने चाहिं थाहा भएन हजूरको ।
आलेः यो डान्स बार रहेछ ल । यो के हो यताको ?
महर्जनः ठ्याक्कै हामीलाई पनि थाहा भएन हजूर
हपार्दै, मन्त्री आलेः तपाईं यहाँको नेपाल सरकारको कर्मचारी थाहाभएन भन्ने ।
यो पनि स्वीकृत भन्दा बाहिर होइन त ?
जम्मै कंक्रिट बनाएर । यस्तो बनाएर ।
बंकरभित्र पसेपछि,
सबै तोडेर हेर ! यस्तो बिजोग के होला ? आफै विचार गर्नुहोस् ।
पुरातत्व महत्व भएको स्थानलाई भत्काएर कंक्रिट बनाउने दुस्साहस गर्नुभएको छ । बतासको काम निन्दनीय छ ।
बंकरभित्र वाइन शप । मदिरा विक्री गर्ने बनाएको छ । कारबाही प्रक्रिया बढाइसकेका छौं ।
भेषराज दाहालजीले हेर्नुपर्ने हो । उहाँले राजीनामा दिनुभइसक्यो ।



प्रतिक्रिया दिनुहोस्