Logo

जोकोभिक अष्ट्रेलियाबाट फर्काइए



एजेन्सी, २ माघ । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिक अष्ट्रेलियाबाट फर्काइएका छन् । उनले अष्ट्रेलियामा रहन पाउने गरी अदालतमा दायर गरेको रिटविरुद्ध फैसला भएपछि फर्काइएका हुन् ।

जोकोभिकले अदालतको आदेश मान्ने भन्दै फैसलाबाट अति निराश भएको प्रतिक्रिया दिए । उनी आइतबार दुबईका लागि प्रस्थान गरे ।

१० दिन लामो अदालती प्रक्रियापछि दोस्रो पटकको फैसलाले जोकोभिकलाई अष्ट्रेलियाबाट फिर्काइएको हो । यसअघि उनको पक्षमा अदालतले फैसला गरी अष्ट्रेलियन ओपन खेल्न पाउने अवस्था बनेको थियो ।

३४ वर्षीय सर्बियाका जोकोभिक किर्तिमानी ग्रान्डस्लाम जित्ने उद्देश्यका साथ अष्ट्रेलिया पुगेका थिए । तर, कोरोना भाइरसविरुद्धको भ्याक्सिन नलगाएकाले उनको भीसा रद्द भयो । अष्ट्रेलिया जान भ्याक्सिन अनिवार्य गरिएको छ ।

जोकोभिक कोरोना भाइरसविरुद्धको भ्याक्सिन नलगाउने पक्षमा देखिएका छन् । उनको यो कदमले भ्याक्सिन विरोधीलाई प्रोत्साहित गर्ने विषय पनि उठेको थियो ।



प्रतिक्रिया दिनुहोस्