Logo

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको माग गर्दै दायर रिटको दरपीठ



काठमाडौं, २ माघ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको माग गर्दैै दायर भएको रिटको दरपीठ गरेको छ । आज रिट निवेदनलाई सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका हुन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता माधवकुमार बस्नेत समेतले महाभियोगको माग गर्दै रिट दायर गरेका थिए । जबराविरुद्ध लागेको आरोप अत्यन्त गम्भीर प्रकृतिको भन्दै छानविन गरी आवश्यक कारबाही गर्न संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नु भनी सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गरेका थिए ।

जबराविरुद्ध महाभियोग लगाउन नेपाल बार एशोशिएनले राजनीतिक दलहरुमाथि दबाब दिदै आएको छ । बार जबराविरुद्ध अझै आन्दोलनमा छ । तर, यो आन्दोलन सेलाउँदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्