Logo

काठमाडौंमा आजबाट बुस्टर मात्रा, भक्तपुरमा भोली



काठमाडौं, माघ ३ । आजदेखि काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरु गरिएको छ । आज काठमाडौंका विभिन्न १७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा लगाउन सकिनेछ ।

ललितपुरमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउन सुरु गरिएको छ भने भक्तपुरमा (भोली) मंगलबारबाट मात्रै खोप लगाउत सुरु गरिनेछ ।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टरको मात्रा लगाउन सुुरु गरिएको हो । सरकारले माघ १४ गतेदेखि सुरु गर्ने अभियानमा ६० वर्ष र माथिका नगरिकहरूलाई बुस्टर दिने तयारी गरेको छ ।

बुस्टर लिन पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्नेछ छ । पहिला लगाएकै खोप बुस्टरका रुपमा दिइने छ ।



प्रतिक्रिया दिनुहोस्