Logo

लिभरपुलद्धारा ब्रेन्टफोर्ड पराजित



एजेन्सी, ३ माघ। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।गएराति घरेलु मैदानमा लिभरपुललाई जिताउन फाबिन्हो, एलेक्स चाम्बरलिन र ताकुमी मिनामिनोले एक एक गोल गरे । जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ४५ अङ्क जोडेको छ ।

तेस्रो स्थानमा धकेलिएको चेल्सीको ४३ अङ्क छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५६ अङ्क छ । यस्तै, गएरातिकै अर्को खेलमा लिड्स युनाइटेडले वेस्ट ह्यामलाई ३–२ गोल अन्तरले हराएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्