Logo

उत्तर कोरियाद्वारा पुनः दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण



एजेन्सी, ३ माघ। उत्तर कोरियाले प्योङयाङमा रहेको एक एयरफील्डबाट दुईवटा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । आज (सोमबार) उत्तर कोरियाले दुईवटा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो। स्थानीय समयअनुसार बिहान ८ः५० देखि ८ः५४ सम्म सुनान विमानस्थलबाट क्षेप्यास्त्रहरू प्रहार गरिएको दक्षिण कोरियाको जोइन्ट चीफ्स अफ स्टाफले बतायो । ती क्षेप्यास्त्रहरू ४२ किलोमिटरको उचाइमा ३८० किलोमिटर टाढासम्म गएका थिए ।

तीन दिनअघि मात्र उत्तरले दुईवटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वी सागरमा प्रक्षेपण गरेको थियो । उक्त क्षेप्यास्त्रहरू रेलवेबाट प्रहार गरिएको गाइडेड मिसाइल भएको उत्तरले दाबी गरेको थियो । अमेरिकाको हिन्द प्रशान्त कमान्डले ब्यालिस्टिक क्षेप्यास्त्रको प्रक्षेपणका विषयमा जानकारी रहेको बतायो तर त्यसले अमेरिकी सैनिक वा भूभागमा वा अमेरिकी साझेदारलाई जोखि नतेर्स्याएको बतायो ।सन् २०२२ मा मात्र उत्तरको यो चौथो क्षेप्यास्त्र परीक्षण हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्