Logo

प्रेम आलेको शैली प्रजातान्त्रिक मर्यादा र मन्त्री पद अनुकुलको छैन : सुरेन्द्र केसी (भिडिओसहित)



काठमाडौं, ३ माघ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले योगेश भट्टराई र पर्यटनमन्त्री प्रेम आलेबीच भएको आरोप प्रत्यारोपले स्वयम उनीहरुलाई नै बेफाईदा हुने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मन्त्रीले उद्यमीलाई सार्वजनिक रुपमै दुत्कारेर थर्काउनु गलत हुने बताए । उनले सरकारले पनि कानूनबमोजिम आफ्नो कदम चाल्नुपर्नेमा जोड दिए । उनले मिडिया, बौद्धिकहरुलाई विभाजित गरेर उद्यमीहरुमाथि लालआतंक मच्चाउने काम गरिनु गलत भएको बताए ।

उनले पर्यटनमन्त्री आलेको पछिल्लो शैलीप्रति आफू सहमत नभएको स्पष्ट पारे । उनले राम्रो गर्नेलाई राम्रो भन्नुपर्ने र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए । उनले मन्त्री ओलको शैली प्रजातान्त्रिक मर्यादा र मन्त्री पद अनुकुलको नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्