Logo

आज यी स्थानमा बुस्टर डोज पाइने



काठमाडौ, ३ माघ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले काठमाडौंमा आजदेखि बुस्टर डोज लगाउने भएको छ ।

बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । यसअघि जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ ।

बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध गराउने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौँ जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ ।

काठमाडौँमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्