Logo

भारतमा थप साढे २ लाख भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, ३ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या तीन करोड ७३ लाख ८० हजार पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमितको ज्यान गएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थपिएका मृतकको संख्यासँगै भारतमा हालसम्म कुल ४ लाख ८६ हजार ४५१ जना संक्रमितको ज्यान गएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्