Logo

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पुरा भएको अवसरमा देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनको क्रममा ६ महिनाको अवधिमा जनताको लागि गरेका काम र आगामी योजनाको विषयमा प्रधानमन्त्री देउवाले जानकारी दिने जनाइएको छ । सरकारका चुनौति, उपलब्धिका बारेमा सम्बोधन गर्ने भनिएपनि मिति भने नतोकिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्