Logo

अफगानिस्तानमा भोकमरीको चपेटमा



एजेन्सी, ३ माघ। अफगानिस्तानमा भोकमरीका कारण विस्थापित हुनेको सङ्ख्या बढ्दै गएको छ । यस्तै केहीले आफ्नो र आफ्ना बालबालिकाको अङ्ग नै बेचेर गुजारा चलाउन थालेका पाइएको त्यहाँको टोलो न्युजले उल्लेख गरेको छ । अफगानिस्तानको उत्तरी प्रान्तमा भोकमरीका कारण समस्या बढ्दै गएको हो । त्यहाँको एक कल्याणकारी समितिले विस्थापित भएका र भोकमरीको चपेटामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । गुजारा चलाउनकै लागि अङ्ग बेच्नु पर्ने बाध्यता नआओस् भन्ने उद्देश्यले समितिले सहयोग गरेको जनाएको छ ।

युद्धको चपेटामा परेकाहरु सबैभन्दा धेरै मारमा परेका छन् । अफगानिस्तानमा मानवीय सङ्कट निम्तिएको भन्दै संयुक्त राष्ट्र सङ्घले यसअघि अन्तर्राष्ट्रिय दातृ निकायलाई सहयोगको ढोका खुला राख्न आह्वान गरेको थियो । संयुक्त राष्ट्रसंघले समेत अफगानिस्तानमा मानविय संकट परेकाले त्यहाँ सहयोग गर्न आ्रगह गरेको छ । संयुक्त राष्ट्रसंघले समेत अफगानिस्तानमा मानविय संकट परेकाले त्यहाँ सहयोग गर्न आ्रगह गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्