Logo

रियल मड्रिडलाई स्पेनिस सुपरकपको उपाधी



एजेन्सी, ३ माघ। यस वर्षको स्पेनिस फुटबल सुपरकपको फाइनल उपाधी रियल मड्रिडले हात पारेको छ ।

रियल मड्रिडको यो बाह्रौं उपाधी टाइटल हो । साउदी अरेबियाको रियादमा आज बिहान सम्पन्न भएको खेलमा रियल मड्रिडले एथलेटिक क्लबलाई २-० गोलको अन्तरले पराजित गर्दै उपाधी आफ्नो बनाएको हो ।

पहिलो हाफको ३८औं मिनेटमा सेन्टर मिडफिल्डर लुका मोड्रिकले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२औं मिनेटमा रियलले भिए आर मार्फत पाएको पेनाल्टीलाई स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८७औं मिनेटमा रियलका ब्राजिलियन डिफेन्डर इडर मिलिटा ओले डिबक्सभित्र हातले बल रोकेपछि रेफ्रिले उनलाई रातो कार्ड दिदै पेनाल्टी घोषित गरेका थिए । एथलेटिक क्लबले पाएको पेनाल्टीलाई राउल गार्सियाले गोल गर्न नसकेपछि खेल २-० ले रियल मड्रिडले हात पारेको हो ।

तेह्रौंपटकसम्मको उपाधी विजेता बार्सिलोनालाई सेमिफाइनलमा ३-२ गोलले पराजित गर्दै रियल फाइनलमा पुगेको थियो । त्यसैगरी एथलेटीको मड्रिडलाई २-१ गोलले पराजित गर्दै एथलेटी क्लबले फाइनलको यात्रा तय गरेको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्