Logo

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ



काठमाडौँ, ३ माघ। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङका शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनी भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत रहेको थिए प्रहरीका अनुसार पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको छ । प्रहरीका अनुसार शिक्षक पोखरेलले भदौ ९ गते यता पटक–पटक बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्