Logo

उत्तर कोरियाली रेल पहिलो पटक चिनियाँ भूमिमा प्रवेश



एजेन्सी, ३ माघ। उत्तर कोरियाको मालवाहक रेलले पहिलो पटक चीन प्रवेश गरेको छ। कोरोना महामारीपछि चीनसँगको सीमा बन्द भएको झन्डै दुई वर्षपछि उत्तर कोरियाको सो रेलसेवाले आइतबार पहिलोपटक चीन प्रवेश गरेको हो। महामारीपछिको पहिलो लकडाउनपछि पहिलो पटक पुनसञ्चालनमा आएको सो रेल सेवा आइतबार बिहान उत्तर कोरिया-चीनको सीमा शहर डानडोङ पुगेको स्रोतले क्योडो न्युजसँग बताएको छ।

यता पछिल्लो समय चीनले ओमिक्रोन संक्रमण तीब्र भएको भन्दै आफ्ना आन्तरिक एवम् अन्र्तराष्ट्रिय सीमा नाकामा कडाइ गरेको छ। कोभिड-१९ को नयाँ भेरियन्ट फैलन नदिन चीनले शून्य कोभिड नीति अपनाउँदै आएको छ।

पछिल्लो समय आफ्नो मुलुकमा नयाँ संक्रमण फेला नपरेको र आन्तरिक सीमा नाका खुला रहेको उत्तर कोरियाले दाबी गरेको छ। लामो समयदेखि चीनसँगको सीमा बन्द हुँदा उत्तर कोरियाली नागरिक प्रभावित भएकोले सो रेलसेवा सञ्चालनमा ल्याइएको स्रोतले क्योडो न्युजसँग बताएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्