Logo

कोरोना खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ सशक्त्त रुपमा सञ्चालन गरिने: स्वास्थ्यमन्त्री खतिवडा



मोरङ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारले लिएको बताएका छन् । समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै खतिवडाले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ सशक्त्त रुपमा सञ्चालन गर्ने नीति सरकारको लिएको स्पष्ट पारे ।

मन्त्री खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको समेत बताए । कोरोनाविरुद्ध खोपको समस्या नरहेको भन्दै मन्त्री खतिवडाले अहिले पर्याप्त खोप मौज्दात रहेको उल्लेख गरेका छन् । कोरोनाको बीमाको रकम हस्तान्तरणका लागि छलफल भइरहेको उनको भनाइ थियो ।

 



प्रतिक्रिया दिनुहोस्