Logo

कर्मचारीलाई कोरोना देखिएपछि राष्ट्रिय वाणिज्य बैंक बन्द



वीरेन्द्रनगर, ३ माघ । सुर्खेतस्थित् राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द भएका छन् । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनालाई कोरोना पुष्टि भएपछि बैंकको सेवा बन्द गरिएको हो ।

बैंकको अनुसार दुई जना कार्यालय सहयोगीसहित थप तीन जना कर्मचारीमा लक्षण देखिए पनि परीक्षण हुन बाँकी रहेकोछ । बैंकको सुरक्षार्थ खटिने एक जना सुरक्षा गार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । बाँकी ९ जना कर्मचारीहरु होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्