Logo

भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहनासहित १ जना पक्राउ



बारा,३ माघ। जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकबाट लुकाई छिपाई भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित भारत बिहार मोतिहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको तेलको ट्याङकीभित्र फल्स बटन बनाई भन्सार छली ल्याएको करिब १२ लाख ४२ हजार ९ सय ७३ रुपैयाँ मूल्य बराबरको चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली समेतका गहनाहरू फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो ।

उनलाई बरामद चाँदीका गहना सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम