Logo

तत्काल स्थानिय निर्वाचनको मिति घोषणा गर्न माग



काठमाडौं, ३ माघ । निर्वाचन आयोगले तत्काल स्थानिय चुनावको प्रक्रिया थाल्न स्थानिय तहका छाता संगठनहरुले माग गरेका छन् । नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानिय निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरेका हुन् ।

आज एक विज्ञप्ती जारी गर्दै तीन संस्थाका अध्यक्षहरुले संविधानतः निर्वाचित स्थानिय तहहरुको स्थानिय तहहरुको कार्यकाल समाप्त हुँदै गरेको र स्थानिय तहहरु जनप्रतिनिधिविहिन हुने भन्दै अबिलम्ब निर्वाचन प्रक्रिया सुरु गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७, २१ र असोज ७ गते सकिने भएकोले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौ ।’

आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो भन्दै विज्ञप्तीमार्फत आवधिक रुपमा निर्वाचन गर्न नसक्दा विगतमा १५ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भएसँगै स्थानीय लोकतन्त्रको संस्थागत विकासमा २०५९–२०७४ अत्यन्त प्रतिकुल रहेको यथार्थताको समेत पुनः स्मरण गराउन चाहेको स्थानिय तहहरुको छाता संगठनका अध्यक्षहरुको भनाइ छ ।

विज्ञप्तिमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले हस्ताक्षर गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot