Logo

चीनसँग सिमा विवाद छ, यसलाई कुटनीतिक रुपमा हल गर्नुपर्छ : मुख्यमन्त्री शाही (भिडिओसहित)



काठमाडौं, ३ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल चीन विवादसम्बन्धी आफूहरुले तयार पारेको प्रतिवेदन रद्दीको टोकरीमा नफालिएको स्पष्ट पारेका छन् । आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“कर्णाली प्रदेश चीनसँग जोडिएको छ, त्यसमा हुम्ला, मुगु, डोल्पा तीन जिल्लाहरु चीनसँग सिमा जोडिएको छ, विशेषगरेर चीनको स्वशाषित क्षेत्र तिब्बतसँग जोडिएको छ । यसमा पनि गएका रिपोर्टहरु पनि, त्यतिखेर गएका टोलीले दुई देशको बीचमा अरुपनि जस्तै दोलखा भयो, संखुवासभा भयो, ताप्लेजुङ भयो, त्यहाँका पनि समस्याहरु समाधान गर्नुपर्छ भनेर सरकारले कुटनीतिक रुपमा वार्ता गरिनै रहेको छ । तपाईँलाई थाहा छ ऋषिजी, उत्तरतिरको सिमानामा अहिले न म जान सक्छु, न तपाईँ जान सक्नुहुन्छ, बैशाख र जेठसम्म हिउँ पर्ने सिजन हो, अहिले बोर्डरमा जान सकिँदैन् । त्यसैले यसमा अलिकति ढिलाई भएको होला ।”

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चीनसँगको विवाद कुटनीतिक वार्तामार्फत हल हुने विश्वास दिलाएको सुनाए । सिमा विवाद समाधानको कामकारबाही अघि बढिरहेको उनको भनाई छ । कर्णाली प्रदेश सिमा विवादको विषयमा यसअघिको धारणामा अडिग रहेकोपनि उनले स्मरण गराए ।

भारत र चीन दुवै देश विशाल देश भएकोले सिमा विवादलगायतका समस्याको समाधान कुटनीतिक रुपमा नै गरिने शाहीले सुनाए । चीनले सिमा विवाद छैन ? भन्नु कुन नौलो कुरा हो र ? भन्दै उनले प्रश्न गरे । उनले चीनबाट नेपाली भूमि मिचिएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्