Logo

प्रेम आलेका कारण सयौं कन्ट्रयाक्ट ट्रेसिङमा



काठमाडौं, ३ माघ । पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीसँग सम्पर्कमा आएका सयौं कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । आले २ माघमा मात्र पशुपति धर्मशालाको कोठाचौका छिरेका थिए ।

आलेका कारण पशुपति धर्मशालाका कर्मचारी पनि ट्रेसिङमा परेका छन् । पशुपति धर्मशालामा पसेर फर्किएका आले नारायाणहिटी संग्राहालय पनि पसे ।

नारायाणहिटी संग्राहालयको बंकरभित्र पनि उनी पसे । त्यस समयमा त्यहाँका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो । उनीहरु पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्