Logo

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध



काठमाडौँ, ३ माघ। कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका–४ को बलियामा से६प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।घटनाको विरोधमा सोमबार आज बिहानैदेखि स्थानीयले लम्कीचुहा नगरपालिका–४ मा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।मोटरसाइकल चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै स्थानीयले टायर बालेर राजमार्गमा प्रर्दशन पनि गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्