Logo

प्रचण्ड र माधव नेपाल त कसैको बैशाखी टेकेर चुनाव जित्न चाहनुहुन्छ : विशाल भट्टराई (भिडिओसहित)



काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीले संसद्लाई रणभूमि नबनाएको स्पष्ट पारेका छन् । उनले संसद्को निकास दिनको लागि सत्तापक्षीय गठबन्धन र यसको नेतृत्व गरेको कांग्रेसले दिनुपर्नेमा जोड दिए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु संसद् खुलाउने पक्षमा रहेको सुनाए । उनले आफूहरु यो संसदलाई कामयावी बनाउने पक्षमा रहेको पनि स्पष्ट पारे ।

उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा संसद् सदाको लागि अन्त्य गर्नको लागि विघटन नगरेको पनि स्मरण गराए । उनले प्रचण्ड र माधव नेपाल एक्लाएक्लै चुनाव लड्न नसक्ने अवस्थामा रहेकोले कसैको बैशाखी टेकेर चुनावमा जान चाहेको पनि आरोप लगाए ।

उनले एमालेबाहेकका दलहरुलाई चुनाव भनेपछि डर लाग्ने गरेको पनि टिप्पणी गरे । उनले आफूहरुको कसैप्रति पनि रिस र राग नरहेको जिकिर गरे । उनले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो मर्यादाअनुसार काम नगरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्