Logo

कोरोना संक्रमण नियन्त्रणको लागि प्रभावकारी कदम चालिँदै, स्वास्थ्यमन्त्री खतिवडा फिल्डमा निस्किए



काठमाडौं, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाको महामारी नियन्त्रणको लागि एक मात्र विकल्प खोप भएकाले खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई अपिल गरेका छन् । पछिल्लो समय संक्रमणको दर ह्वात्तै बढेपछि खोप अभियान झनै आक्रामक बनाईएको छ ।

उनले सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा विषेश डेस्क सञ्चालन गरि नियमित खोप सञ्चालन गरिएको बताउँदै आएका छन् । मन्त्री खतिवडा यतिवेला प्रदेश नम्बर १ मा छन् । उनी त्यहाँबाट प्रदेश नम्बर २ आउने कार्यक्रम छ ।

विराटनगरमा मिडियाकर्मीहरुसँग आज संक्षिप्त कुरा गर्दै उनले आगामी चैत महिनाभित्र १८ वर्ष माथिका लक्षित समुहका नागरिकलाई पूर्ण मात्राको खोप लगाइसक्ने सरकारको योजना रहेको सुनाउ ।

उनले भनेका छन ,‘सरकारको लक्ष्य अनुपातमा नागरिकको सहभागिता न्यून देखिएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै प्रदेशमा एकसाथ खोप कार्यक्रमलाई अभियानको शुरु गरेको छ।’

सरकारको यो अभियानमा नागरिक तहबाट सहयोगको अपेक्षा सरकारले राखेको उनले बताए । मन्त्री खतिवडाले १८ बर्ष माथिका लक्षित समुहका ६० प्रतिशतले मात्र पुर्ण डोजको खोप लगाएको र ८० प्रतिशतले पहिलो डोज लगाएको बताए । माघ २ गतेबाट साढे ९ लाख फ्रन्टलाइनरमा खटिएका नागरिकलाई बुष्टर डोज दिने कार्य भने शुरु गरिएको उनले बताए ।

मन्त्री खतिवडाले कोभिड विरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको प्रष्ट पारे । विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले बताए ।

बालबालिकालाई खोप लगाउने सिरिन्ज अन्तराष्ट्रिय बजारमा समेत अभाव भएकाले त्यसको आवश्यक जोहोमा सरकार जुटेको उनको भनाइ छ । file photo



प्रतिक्रिया दिनुहोस्