Logo

टेक्ससमा यहुदीलाई बन्धक बनाएर पाकिस्तानी वैज्ञानिकको रिहाइ माग्ने व्यक्ति बेलायती रहेको ठहर



एजेन्सी, ३ माघ। अमेरिकाको टेक्सस राज्यमा यहुदी पुजास्थलमा चार जना मानिसहरुलाई बन्धक बनाउने व्यक्तिको अमेरिकाको अनुशन्धान ब्युरो केन्द्र (एफबीआइ)को कारवाहीमा मृत्यु भएको छ । एफबीआइले उक्त व्यक्ति ४४ वर्षका बेलायती नागरिक मलिक फैसल अकरम भएको जनाएको छ ।

शनिबार कोलिभिलेमा बिहानको प्रार्थनाको समयमा उक्त व्यक्तिले मानिसहरुलाई बनधक बनाएका थिए । त्यसपछि पुलिससँग चलेको १० घण्टा लामो मुठभेडमा यी व्यक्तिको गोली लागेर मृत्यु भयो । सबै बन्धकहरुलाई सुरक्षित छुटाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई आतंकी कृत्य भनेको जनाइएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्