Logo

प्रदेश २ को राजधानी तोक्न मतदान सुरु



काठमाडौँ, ३ माघ। प्रदेश २ को राजधानी तोक्न प्रदेशसभामा मतदान शुरु भएको छ । प्रदेश २ को राजधानीको विषयमा तीनवटा प्रस्ताव मतदानका लागि तय गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको हो ।

जसमा पहिलो प्रस्ताव जनकपुरधाम हो। यसका प्रस्तावकहरु परमेश्वर साह, रविन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साह रहेको जनाइएको छ । दोस्रो प्रस्ताव वीरगंज हो। यसका प्रस्तावक सिंगासन सा कलवार छन्। तेस्रो प्रस्ताव वीरंगज महानगरपालिकाभरि रहेको छ, जसको प्रस्तावक राजेश्वर प्रसाद शाह छन्।

त्यसैगरी प्रदेशको नामाकरणका लागि पनि आजै मतदान हुनेछ। प्रदेश नामाकरणका लागि चारवटा प्रस्ताव तोकिएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot