Logo

प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीको विरोध, गरे ‘क्यामरा डाउन’



काठमाडौँ, ३ माघ। प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीहरू विरोधमा उत्रेका छन् । प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन भइरहेको मतदानको समाचार संकलनमा अवरोध गरेको भन्दै पत्रकारहरूले विरोध जनाएका हुन् ।

समाचार संकलनमा भएको अवरोधविरुद्ध प्रदेश सभा अगाडि ‘क्यामरा डाउन’ गरेका छन् । उनीहरूले समाचार संकलनलाई सहज बनाउनुपर्ने माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्