Logo

२ सय वर्ष पुरोना स्वस्थानी कथाको यो पुस्तक



काठमाडौं, ३ माघ । कुनै पुस्तक कति वर्षसम्म संग्रहित हुनसक्ला ? ५०, सय, दुई सय या त्यो भन्दा माथि ।

राजधानीमा एउटा घरमा २ सय वर्ष पुरानो स्वास्थानीको पुस्तक संग्रहित छ । पुस्तक काठमाडौं महानगरपालिकाको ठमेलस्थित इन्दिरा प्रधानको घरमा रहेको हो ।

प्रधानहरु काठमाडौंको ठमेलका रैथाने हुन् । इन्दिरा प्रधानका छोरा भागवत प्रधानले उक्त पुस्तक संग्रहित गरेर राखेका हुन् ।

प्रधानसँग पुरातात्विक महत्वका दस्तावेजहरु पनि धेरै संग्रहित छन् । उनी पुरातात्विक दस्तावेजको अध्ययनमा सक्रिय रहँदै आएका छन् ।

ठमेलस्थित कमलपोखरीको प्रमाण र पुरातात्विक दस्तावेज पनि उनैले संकलन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्