Logo

चन्द्रागिरिमा चक्कु प्रहारबाट एकको मृत्यु



काठमाडौँ, ३ माघ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् । मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरेको छ । सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु प्रहार गरेकाे प्रहरीकाे अनुमान छ ।अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्