Logo

उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्री निर्वाचित



३ माघ : उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको छ । ससंद बैठकमा आइतबार भएको मतदानबाट दिमितर कोभासेभास्की प्रधानमन्त्रीमा निर्वाचित भएको समाचारमा जनाएको छ ।
दलहरुको नयाँ गठवन्धन बनेपछि गठवन्धन अन्तर्गतको दल सोसल डेमोक्रेटिक युनियन अफ मासेडोनियाका नेता भएकाले उनले बहुमत प्राप्त भएको हो ।

उनलाई संसदमा भएका कुल १२० सांसद मध्ये गठवन्धन अन्तर्गतका दलहरुका ६२ सांसदले मतदान गरेका थिए । उनका विरुद्धमा ४६ सांसदले मतदान गरेका थिए । नेता कोभासेभास्कीलाई गत डिसेम्बर ३० मा राष्ट्रपति स्टेभो पेन्डारोभास्कीले बहुमत जुटाउने जिम्मेबारीसहित प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

उनले बहुमत जुटाउनु भएकाले अव मन्त्रीपरिषद् गठन गर्ने छन् । उनले अर्थतन्त्रमा सुधार गरी स्थिरता कायम गर्ने आफ्नो सरकारको मुख्य योजना रहेको बताएका छन् ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्