Logo

प्रचण्ड र विप्लव उस्तै भएको बैद्यको आरोप, कम्युनिष्ट आन्दोलनमा अवसरवाद जमेर बसेको टिप्पणी (भिडिओसहित)



काठमाडौं, ३ माघ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले क्रान्तिकारी धारको नेतृत्व आफ्नो पार्टीले नै गरिरहेको दाबी गरेका छन् । उनले क्रान्तिकारी धारमा विचलन ल्याउने सवालमा प्रचण्ड र विप्लवको भूमिका उस्तै भएको आरोप लगाएका छन् ।

आज (सोमबार) विप्लव र गोपाल किराँतीको पार्टी परित्याग गरि आफ्नो पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय प्रचण्ड र विप्लवबीच एकता हुने हल्ला चलिरहेको बेला नेता बैद्यले दुवै नेतालाई उस्तै रहेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘आखिरमा आएर जनमतसंग्रहबाट समाजवाद आउँछ भन्नुभयो, प्रचण्डजीले पनि शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्ने । विप्लवजीले पनि जनतमसंग्रहबाट शान्तिपूर्ण समाजवाद आउँछ भन्ने । आखिर प्रचण्ड जी र विप्लवजीको रहेछ के त रु यो कुरा छर्लङ्ग हुँदै गइरहेको छ।’

उनले नेपाली कम्युनिष्ट आन्दोलनमा अवसरवाद एकदमै जमेर बसेको पनि टिप्पणी गरे । उनले कम्युनिष्टको नाममा विचारलाई प्रदुषित तुल्याउने काम भैरहेको र अवसरवाद आशन जमाएर बसेको बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्