Logo

सोलुखुम्बुमा कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ



सोलुखुम्बु, ३ माघ। माप्य दुधकोशी गाउँपालिका-१ बुम्रे का ५२ बर्षीय दानु शेर्पाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ बर्षीय वाङदी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

वाङदीले आइतबार राति दाउराले टाउकोमा प्रहार गरी दानुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले वाङदीलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्