Logo

जापानले रुससँग ऊर्जालगायतका क्षेत्रमा बृहत् सम्बन्ध विकास गर्ने : जापानी प्रधानमन्त्री



टोकियो [जापान], ३ माघ: जापानी सरकारले क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धि गर्न एवं मस्कोसँग ऊर्जा क्षेत्रमा सहयोग सहितको सम्बन्धलाई व्यापक रूपमा विकास गर्न रुससँग वार्ता जारी राख्न चाहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार बताएका छन् ।

संसद्को तल्लो सदनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले राष्ट्रिय हित पूरा गर्न जापान र रुसबीच ऊर्जा लगायतका सम्बन्धलाई बृहत्तर रूपमा विकास गर्ने हाम्रो योजना रहेको बताएका छन् । प्रधानमन्त्रीले टोकियोले “क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धिमा हस्ताक्षर गर्न सन् २०१८ लगायतका पहिले नै अवस्थित सम्झौताहरूको आधारमा रुससँग वार्ता जारी राख्नेछ” बताएका छन् ।

दोस्रो विश्वयुद्धपछि स्थायी शान्ति सन्धिमा हस्ताक्षर नगरेपछि रुस र जापानबीचको सम्बन्ध लामो समयदेखि जटिल रहेको छ। मुख्य जटिलता भनेको चारवटा टापुहरू – इटुरुप, कुनाशिर, शिकोटान र हाबोमाई मा केन्द्रित छ ।

ती क्षेत्रलाई रुसले कुरिल र जापानले उत्तरी क्षेत्र भनेर बुझ्ने गरेका छन् ।सन् २०१८ मा जापान र रुसले सन् १९५६ को जापानी-सोभियत संयुक्त घोषणाको आधारमा शान्ति सन्धिमा वार्तालाई गति दिन सहमत भएका थिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्