Logo

श्रममन्त्री श्रेष्ठको सय दिन, यस्ता छन् उपलब्धि(पूर्णपाठसहित)



काठमाडौँ, ३ माघ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। २०७८ असोज २२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठको सय दिन आज (सोमबार) पूरा भएको हो।

उक्त अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थि तगर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको मन्त्री श्रेष्ठको दाबी छ। वैदेशिक रोजगारीका मात्रै समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी भइरहेको मन्त्रीले जानकारी गराएका छन्।

यस्तै कोरोनाका कारण रोकिएको दक्षिण कोरियाको रोजगारी सुचारु भएको छ। इजरायलमा पनि यसै साताबाट श्रमिक जान थाल्नेछन्।त्यस्तै, बेलायतमा नर्स पठाउनका लागि श्रम सम्झौताको मस्यौदा तयार भइरहेको जनाइएको छ।

यस्ता छन् उपलब्धि(पूर्णपाठसहित)



प्रतिक्रिया दिनुहोस्