Logo

प्रदेश २ को नाम ‘मधेस’ राख्ने प्रस्तावमा मतदान हुँदै



काठमाडौँ, ३ माघ। प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएसंगै आजै प्रदेशको नामसम्बन्धी प्रस्तावमा मतदान शुरु भएको छ । आजको प्रदेशसभा बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावबारे प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए ।

जसमध्ये जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ जनाले मतदान गरेका हुन् । आजको प्रदेशसभा बैठकमा पहिलो एजेण्डाको रुपमा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्छ भन्ने प्रस्तावमा छलफल हुने भएको छ । उक्त प्रस्ताव पारित भए प्रदेश २ को नाम ‘मधेस’ हुनेछ । प्रदेशको नाम राख्ने सवालमा वर्तमान सत्ता गठबन्धन एकमत हुने हो भने गठबन्धनको मत ७९ हुन्छ । उक्त संख्या दुईतिहाइ हो । तर, कांग्रेस र एकीकृत समाजवादीका सबै सांसदले ‘मधेस’ नाममा मतदान नगर्नेसमेत चर्चा हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्