Logo

पशुपति धर्मशालामा बतासद्वारा ‘३५० रुपैयाँको बेड २९०० मा विक्री’



काठमाडौं, ३ माघ । पशुपति धर्मशालामा ३५० को बेडलाई २९०० रुपैयाँ लिई आनन्द बतास प्रा.लिंले सम्झौता विपरितको कार्य गरिरहेको खुलेको छ । पशुपति धर्मशालाबारे छानविन गर्न गठित समितिले आज प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाउँदै यस्तो तथ्य खुलाएको हो ।

छानविन समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीले सम्झौता अनुसार आनन्द बतास प्रा.लि.ले ३२९ को बेडलाई २९०० मूल्य राखेर लाभ लिइरहेको भेटिएको बताए । धर्मशालालाई सम्झौता विपरितको कार्य गर्ने स्थल बनाएको बताए ।

३५० रुपैयाँ दरका ५० बेडमा ३७८ वटा राख्ने रहेकोमा निकै कम राखिएको र सम्झौता विपरित २९०० दरका बेडलाई बढाइएको पाइएको बताए । धर्मशालामा ९ वटा कम्पनीको कार्यालय राखिएको, गहना पसल र गाडीको शो रुम राखिएको, जिमहल, स्पा र ज्याकुजा पनि राखिएको बताए ।

निर्धारित समयभित्र बुझाइसक्नुपर्ने भाडावापत्को ९९ लाख अझै नबुझाएको समेत बताए । उनले सम्झौता विपरितको कार्य गरेकाले रद्द गर्नुपर्ने सिफारिश गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस्