Logo

सरकारी जग्गा लिजमा लिने सबै त्राहिमाम



काठमाडौं, ३ माघ । सरकारले व्यवसायीलाई धमाधम लिजमा जग्गा दिने क्रम बढिरहेको छ । नेपाल ट्रस्ट, संग्राहालयहरु, विश्वविद्यालयहरुको नाममा रहेका जग्गा मात्र नभई पर्यटकीय महत्वको रमणीय डाँडाकाँडाहरु पनि लिजमा दिइएको छ । लिजमा दिएपनि सरकारले निगरानी नगर्दा सम्झौता विपरितका कार्यहरु भएको खुल्न थालेको छ ।

बतास समूहले नारायणहिटीमा क्याफेटेरियाका लागि भाडामा लिएको जग्गा सम्झौता विपरितका भवनहरु बनाई बिगारेको खुलिसकेको छ । पशुपति धर्मशालामा पनि सम्झौता विपरितका कार्यहरु गरेको खुलेको छ । नारायणहिटीमा बतासले हदैसम्मको गतिविधि गरेको एक कर्मचारी बताउँछन् । बतासलाई मनलाग्दी गर्ने प्रेरणा निवर्तमान नारायणहिटी संग्राहालय समितिका महानिर्देशक भेषनारायण दाहालले गरेको खुलिसकेको छ ।

बतासले सञ्चालनमा ल्याएको अन्य लिजका जग्गाको प्रयोगबारे पनि छानविन हुन थालेको छ । योसँगै व्यवसायीहरु त्राहीमाम भएका छन् ।
देशका विभिन्न भागमा व्यवसायीले लिजमा जग्गा लिएका छन् । जसमध्ये यतीले नेपाल ट्रस्टको जग्गा भाडामा लिएको छ । त्यहाँको नियमनको तयारी भएको बुझिएको छ ।

यसैगरी, चन्द्रागिरीको डाँडा नै लिजमा लिएको नेपाल उद्दोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि चिन्तामा परेका छन् । त्यहाँ पनि सम्झौता विपरितका गतिविधिहरु भएको सूचना माथिल्लो निकायसम्म पुगिसकेको छ ।

त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतका जग्गा लिजमा लिई सञ्चालित भवनहरुबारे पनि चासो बढेको छ । जसमध्ये त्रीपुरेश्वरस्थित टावर पनि छ । लिजमा जग्गा लिई सम्झौता विपरितका कार्य गर्नेहरु अहिले चिन्तामा परेका छन् । गल्ती छोप्ने नसक्ने गरी हद नाघेर भइरहेकाले पनि कतिपय व्यवसायी त्राहीमाम भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्