Logo

जसपा र लोसपा ‘मधेश’ का लागि एक ठाउँमा



काठमाडौं, ३ माघ । विभाजित भएर बनेका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पहिलोपटक एउटा मुद्दामा एक भए ।

प्रदेशको नामको विषयमा दुवै दल एक भई प्रदेशसभा बैठकमा मतदान गरे । यही मतका कारण आज प्रदेशसभा बनेको ४ वर्षपछि प्रदेश २ को नामाकरण भएको छ ।

प्रदेश २ को नाम मधेश प्रस्ताव गरिएपछि पक्षमा ९९ सांसदमध्ये ८० जनाले मतदान गरेका थिए । मतदान गर्नेमा जसपाका ३९ र लोसपाका १६ थिए । विभाजित भई प्रदेश सभा सांसदहरु पनि यताउता पुगेका थिए । तर, मधेश नामाकरणका लागि एकै ठाउँमा मतदान गरे ।

जनकपुर राजधानी बनाउने प्रस्तावमा पनि जसपा र लोसपाका सांसद पक्षमा उभिए । जसका कारण नाम जनकपुर घोषणा भयो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर छन् । दुवै दलका नेताबीच पानी बाराबारको स्थिति छ ।



प्रतिक्रिया दिनुहोस्