Logo

कोरोना संक्रमण झन् फैलिएपछि सरकार कडाई गर्दै



काठमाडौं, ३ माघ । कोरोना भाइरसको संक्रमण झन् बढेको छ । हिजोभन्दा आज संक्रमित दर झन् बढेको छ ।

अहिले देशभर ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । आज एकै दिन ६७३४ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिकजसो संक्रमित दर बढेपछि सरकार झन् गम्भीर भएको छ । सरकारले निरन्तर कडाई गर्दै लगेको छ । संक्रमित दरलाई दृष्टिगत गरी स्मार्ट लकडाउनसम्मको तयारी भएको छ ।

सीमानाकाहरुमा कडाई गरिएको छ । भेला गर्न प्रतिबन्द छ ।

पछिल्लो समय सरकारका मन्त्री, सचिव देखि उच्च पदस्थ कर्मचारी पनि संक्रमित भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्