पीएम कपः आज सेमिफाइनलका खेलहरु हुँदै, पुलिस क्लबलाई १५६ रनको चुनौति


काठमाडौं, ४ माघ । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुदैछ ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशबीच अहिले प्रतिस्पर्धा भइरहेको छ ।

सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्दै बागमतीलाई १५६ रनको चुनौति दिएको छ ।

पुलिस समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने बागमती भने समूह ‘बी’ को उपविजेता टोली हो ।

आज नै हुने दोस्रो सेमिफाइनलम नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।